धनुषामा २२ व’र्षीया यु’वतीले जन्माइन् ए’कैपटक चार शि’शु

जनकपुरधाम, १७ भदौ । धनुषाको विदेह नगरपालिका वडा नम्बर-७ जोगियारा बस्ने २२ वर्षीया अर्माना खातुनले मंगलवार साँझ एकैपटक चार शिशुको जन्म दिएकी छन् । प्रसुती व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अर्मानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी हुन् । उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन् ।

अर्मानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् । शिशुहरुमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।शिशुहरु मध्ये तिनको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए । मंगलवार जन्मिएका शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न एक चिकित्सकले बताए ।

यता चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ । उनको फोक्सोमा पानी तथा खुनको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको र कोरोना परिक्षणका लागि स्वाब संकलन गरि प्रादेशिक प्रयोगशालामा पठाईएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंह जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस