काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज हिंजो मंगलबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रति तोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १३६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार आज चाँदी प्रति तोला १३९५ रुपैयाँमा कारोबार भएको थियो ।