“घरेलु विधिबाट चम्किलो बन्छ अनुहार”

आफ्नो अनुहार चम्काउन मानिसले केसम्म गर्दैन ? हजारौँ खर्च गरेर ब्युटीसम्बन्धी विभिन्न सामान किन्छ । ब्युटिपार्लरमा पुगेर हजारौँ खर्च गर्छ ।

बजारमा पाइने नानाथरीका सौन्दर्य प्रसाधन ल्याउँछ । तर, भनेजस्तो नतिजा नपाएर मानिस दुःखी हुन्छ । बजारमा पाइने विभिन्न थरीका ब्युटीसम्बन्धी सामग्रीको प्रयोगले मानिसको अनुहारसमेत बिग्रिएको पाइन्छ । अब तपाईंले अनुहार चम्काउने नाममा महँगा सामान किनिराख्नु पर्दैन । घरेलु विधिबाट पनि अनुहार चम्काउन सकिन्छ ।

जहाँ पनि सहज रूपमा पाउन सकिने काँक्राको रस निकाल्नुहोस् । त्यसमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । यसरी केही दिन लगाउनुभयो भने अनुहारमा चमक आउँछ ।

एक चम्चा राम्रो खालको महमा केही थोपा कागतीको रस मिलाएर अनुहारमा लगाउनुहोस् । कम्तीमा १५ मिनेटपछि मुख धुनुहोस् । तत्कालै तपाईंको अनुहारमा चमक झल्किन्छ ।

काँक्राको रसले अनुहारमा निरन्तर मसाज गर्नुभयो भने चाया हटेर सुन्दर देखिन सक्दछ ।-अनुहारमा चाउरीपन छ भने पाकेको केरा मुछेर अनुहारमा लगाउनुहोस् । चाउरीपन हराउँछ ।

गाई वा भैँसीको काँचो दूधले अनुहार मालिस गर्नुहोस् । अनुहारको चमक निरन्तर बढ्दै जान्छ ।-सुन्तलाको बोक्रालाई घाममा सुकाउनुहोस् र धुलो बनाउनुहोस् । उक्त पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउनुहोस् । यसलाई फेसवासको रूपमा प्रयोग गर्नुभयो भने तपाईंको अनुहार झन् चम्किलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस