आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ बिहीबारको तुलनामा आज तोलामा १०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रति तोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ९०० रुपैयाँ रहेको छ । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा ३५ रुपैयाँले घटेर प्रति तोला १३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रति तोला १३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस