पतिले का’टिदिए नाक ‘मलाई ज्यान जाला भन्ने डर थियो’

बीबीसी – दश हप्ताभन्दा लामो समयको पी’डापछि जार्काले आशाको एउटा किरण देखिन्। “म खुसी छु। मेरो नाक फेरि बन्यो…” उनको अनुहार फेरि राम्रो देखिने बनाउने शल्यक्रिया गरिएपछि उनले चिकित्सकहरूलाई भनिन्। हातमा बोकेको ऐनामा उनले टाँ’का र र’गतका टाटाले ढाकेको नाक देखिन्।

अफगानिस्तानमा महिलाविरुद्ध व्यापक रूपमा घरेलु हिं सा हुन्छ। संयुक्त राष्ट्रसङ्घले उद्धरण गरेको एउटा राष्ट्रिय सर्वेक्षणमा ८७% महिलाले कुनै न कुनै रूपमा शारीरिक, यौ निक वा मानसिक घरेलु हिं सा भोगेका हुन्छन्। पति वा परिवारका पुरुष सदस्यले कहिलेकाहीँ महिलामाथि ते जाब वा ह तियार प्र हार पनि गर्छन्। यो घटनामा पतिले जार्कालाई आ क्रमण गरी च क्कुले ना’क का’टिदिएका थिए।

“मेरा पति जसलाई पनि शङ्का गर्थे,” उनी भन्छिन्। आरोप र कु’टपि’ट त उनका लागि नित्यकर्मजस्तै भएको थियो। “उनले मलाई चरित्रहीन भएको आरोप लगाए। मैले त्यो असत्य हो भनेँ,” उनले भनिन्।

उनीहरूको बिहे भएको १० वर्ष भयो। छ वर्षको एउटा छोरा पनि छ। अट्ठाइस वर्षीया जार्कालाई कु’टपि’ट नौलो लाग्दैनथ्यो, तर यस्तो स्थिति पनि आउला भन्ने उनले कहिल्यै कल्पना गरेकी थिइनन्। “आज ऐनामा हेर्दा नाक निकै निको भएको रहेछ,” जार्काले बीबीसीसँग भनिन्।

डा. जाल्माइ खान अहमदजाईले निःशुल्क शल्यक्रिया र अन्य उपचार गरिदिए “शल्यक्रियाअघि म नराम्री देखिन्थेँ,” उनले भनिन्। उनको उपचारमा संलग्न चिकित्सकहरू पनि उनको अवस्थामा देखिएको सुधारप्रति खुसी छन्। “उनको शल्यक्रिया राम्रोसँग भयो। सङ्क्रमण पनि छैन…,” डा. जाल्माइ खान अहमदजाईले भने। काबुलबाट झन्डै २५० किलोमिटर दक्षिणमा पाकिस्तानसँगको सीमानजिकै एउटा दुर्गम स्थानमा जार्काको परिवार बस्छ। उनको परिवार धेरै गरिब छ। उनी निरक्षर छिन्।

उनको प्रान्तमा तालिबानको नियन्त्रण छ। स्थानीय नेता र ल’डाकुहरूले समन्वय भएपछि बल्ल उनी उपचार गर्न काबुल जान पाइन्। त्यो बेला डा. जाल्माइलाई कोरोनाभाइरस सङ्क्रमण भएको थियो। पत्नीको मृत्यु भएकाले ती ४९ वर्षीय चिकित्सक उनको अन्तिम संस्कार गरेर भर्खर काबुल फर्किएका थिए। “आउँदा उनको स्थिति नराम्रो थियो। उनको नाक नराम्ररी सङ्क्रमित थियो,” उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस