झुक्किएर छोरीलाई पठाए यस्तो म्यासेज, श्रीमतीले तत्कालै गरिन् डिभोर्स

अमेरिकामा एक महिलाले ब्लगमार्फत आफ्ना श्रीमानको लाजमर्दो कामको बारेमा बताएकी छिन् । ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमान्ले आफ्नी छोरीलाई निकै अश्लील म्यासेज पठाएका थिए । ती व्यक्तिले यौनकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ ।

म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन् । आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन् । ब्लगमा लेखिएअनुसार ती व्यक्तिले दुई यौनकर्मी महिलालाई यो म्यासेज लेखेका थिए । म्यासेजमा ती युवतीहरुलाई आफूले बारमा भेट्ने उल्लेख थियो । यसबाहेक म्यासेजमा ती दुई यौनकर्मी महिलालाई घर आउने अफरसहित अन्य सबै कुरा विस्तारमा लेखिएको थियो । यो सबै १४ वर्षकी छोरीले पढिन् ।

आमाबाबु सम्बन्धविच्छेद गरेर छुट्टिने र पिताले यस्तो काम गरेपछि उनीहरुका १४ र १७ वर्षका दुई छोरी डिप्रेसनको शिकार भएको र उनीहरुको काउन्सिलिङ भइरहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस