ढाड दुखेर हैरान हुनुहुन्छ ? यस्ता छन् समाधान गर्ने उपायहरु

काठमाडौं – अचेल धेरैलाई ढाड दुख्ने समस्या हुन्छ । थोरै केही काम गर्योकी ढाड दुखी हाल्छ । खासमा उचित व्यायाम नगर्नाले र बसिरहदा ढाड दुख्ने समस्या देखा पर्छ ।

चिकित्सकहरु ढाड विभिन्न कारणले दुख्ने बताएका छन् । पेटको समस्या,पिसाबको संक्रमण ,मिर्गौला सम्बन्धी समस्या,मेरुदण्डको क्यान्सर ,सुत्दा नमिलेरवा सुतिरहदा पनि ढाड दुख्ने गर्छ ।

ढाड दुख्ने समस्या भएमा खुट्टा झमझमाउने। हिँड्दा खुट्टा कमजोर हुने, दुखेको ठाउँमा तातो हुँदै जाने आदी हुन्छ । यस्तो भएमा बिभिन्न उपायहरु अपनाउन सकिन्छ ।

ढाड दुख्ने समस्या छ भने नियमित व्यायाम गर्ने गर्नुपर्छ । त्यस्तै लामो समयसम्म मेचमा बस्नु हुँदैन । मेचमा बस्नु परेमा कम्मरमा बेल्ट लगाउनुपर्दछ । ढाड दुखीरहेमा पिसाब वा रगतको जाँच गर्नुपर्दछ ।

त्यस्तै क्याल्सियमको कमीका कारण पनि ढाड दुख्ने हुनाले पर्याप्त मात्रामा दूध, दही खानु पर्दछ । त्यस्तै फिजियोथेरापीद्वारा ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । चोटपटकका कारण ढाड दुखेमा आराम गर्नुर्दछ ।

यस्तै ढाड दुखाई नियमित व्यायाम गरेर, दुग्धजन्य पदार्थको सेवन गरेर, तीनदेखि छ महिना क्याल्सियमको सेवन गर्ने तथा गम्भीर किसिमको दुखाइलाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस