२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी, कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ ।

कोलम्बियाको राजधानी मेडेलिन मा मारिया गार्सियाको मिगुएल रेस्ट्रेपोसंग पहिलो पटक भेट भएको थियो । जुन समय यीनीहरुको भेट भयो उक्त समय दुवैको उस्तै थियो । यी दुवैमा ड्रग्सको लत थियो । यीनीहरुमा लत धेरै लागेका कारण आफ्नो जिन्दगी सकाउन आँटेका थिए । भाग्यले साथ दिएकाले त्यसो हुन सकेन ।

यी दुई सगै जिन्दगी बिताउने सोच राखेपछि लतबाट पनि छुटकारा पाएपनि सडकमा बस्न शुरु गरेका थिए । यी दुई बसिरहेको सडक लागु पदार्थ ओसार पोसार गर्ने उपयुक्त स्थान थियो । उनीहरुसँग न त पैसा न कोही आफन्त थिएनन् । यसैले यी दूईले एक अर्काको साहारा लिई विवाह गरेका थिए । एक साथ रहेपछि यीनीहरुको जीवनमा धेरै सुधार आएको थियो ।

उनीहरुको यो बस्ने हिमपाइपमा विजुली, लाइट, टिभी र सानो भान्सा कोठा पनि रहेको छ । यो स्थान शहरको भागदौड भन्दा धेरै शान्तिपूर्ण भएको बताएका छन् ।

यो पनि पढ्नुहोस : विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै

विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको हो ।

सन् १९८० देखि २००० सम्म गरिएको अध्ययनमा बढ्दो वन फँडानी, मानवीय अतिक्रमण र खाद्यबालीमा घातक विषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागे पनि संरक्षणका लागि हालसम्म पनि पहल नभएको हो ।

एक हजारदेखि तीन हजार मिटरसम्म पाइने पानीगोहोरो झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा बर्सातमा बस्ने गरेको अध्ययनकर्ता चिकित्सक के आर खम्बुले बताए । बर्सातमा बाहिर देखिने पानीगोहोरो हिउँदमा जमिनमुनि दबेर बस्ने गरेको छ ।

नेपाल, भारत, चीन, म्यान्मा र थाइल्यान्ड पाइने यो सरीसृप प्रजाति विश्व कति सङ्ख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन् । नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग गर्ने पानीगोहोरो म्यान्मामा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ ।

खासगरी एक हजारदेखि तीन हजार मिटर उचाइमा पाइने सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सिमसार, पोखरी र पानीका मुहान धमिलो भएका कारण सङ्ख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ ।

झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा पाइने र हिउँदमा जमिनमुनि दबेर बस्ने गरे पनि दक्षिण र पूर्वी एशियामा लोप हुनाका कारण बढ्दो वन फँडानी र मानवीय अतिक्रमण, खाद्यबालीमा घातक विषादीको प्रयोग मुख्य कारक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस