यतिसम्मका छन् इण्डीयन ! पाकिस्तानी जासुस भन्दै परेवालाई समेत छोडेनन्

सबैतिरका छिमेकी देशलाई दुश्मन बनाउँदै लगको इण्डीयाले परेवालाई पनि जासुुस देखर नियन्त्रणमा लिन थालेको छ । जम्मु कास्मिर प्रहरीले हालै त्यहाँको प्रहरीले एउटा चरालाई जासुस भन्दै नियन्त्रणमा लिएको छ ।सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानबाट आएको एउटा परेवा सोमबार कथुजा जिल्लाको हिरा नगर प्रहरी स्टेसनलाई बुझायो । यो परेवालाई पाकिस्तानले तालिम दिएर जासुसी गर्न पठाएको दावी एसएसबीले गरेको छ । एसएसबीले बुझाएको परेवालाई प्रहरीले एउटा पिँजडामा थुनेर राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार सो परेवा आइतबार साँझ ७ बजेतिर सीमा क्षेत्र नजिक चडवाल गाउँमा उडेको थियो । स्थानीय गीता देवीले यसलाई समातेकी थिइन् । नजिकबाट नियाल्दा उनले परेवाको एउटा खुट्टामा औंठीजस्तो देखिन् ।‘औंठीमा एउटा फोन नम्बर समेत थियो । त्यसैले उनले शंका लागेर यो परेवा चडवाल गाउँका सरपन्चलाई बुझाइन् । गाउँँ प्रमुखले यसर्लाइ सीमा सुरक्षा बल (बीएसएफ) को जिम्मा लगाए भने बीएसएफले प्रहरीलाई ।

प्रहरीले परेवालाई नियन्त्रणमा राखे पनि अहिलेसम्म यसले कुनै शंकाष्पद क्रियाकलाप नदेखाएको बताको छ ।‘हामी भन्न सक्दैनौं कि यो जासुसीका लागि नै प्रयोग भएको हो । पाकिस्तानको पञ्जावमा मानिसहरु परेवालाई आफ्नो स्वामित्व दावी गर्न खुट्टामा ट्याग लाइदिन्छन् । त्यस्तै हुन सक्छ,’ कथुवा प्रहरीका वरिष्ठ उपरिक्षक शैलेन्द्र मिश्रले भने ।

प्रतिक्रिया दिनुहोस