कंगना रनौतमाथि गालीगलौज, कसले दियो ज्यान मार्ने धम्की ?

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पछिल्लो समय विभिन्न विवादमा आइरहेकी छिन् । उनले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको समर्थनमा बोल्दै आइरहेकी छिन् ।

सुशान्तको मुद्दामा पनि निरन्तर आवाज उठाइरहेकी उनले बलिउडको नेपोटिज्मविरुद्ध पनि बोल्दै आइरहेकी छिन् । तर पछिल्लो समय सुशान्तकै बारेमा दिएका अभिव्यक्तिकै कारण विवादमा आएकी छिन् ।

उनले आफुलाई निरन्तर धम्की आइरहेको पनि बताएकी छिन् । भारतिय मिडियाका अनुसार कंगनाले आफूमाथि शिव सेनाका नेता सञ्जय राउतले आफुलाई व्यक्तिगत गालीगलौज गर्न थालेको बताएकी छिन् । सञ्जयले कंगनालाई मुम्बइ नफर्कन पनि धम्की दिएका थिए भने ‘हरामखोर’ भन्दै गाली पनि गरेका छन् ।

सञ्जयले कंगनाको पक्षमा बोल्ने सबैलाई गाली गरेका छन् । त्यस्तै उनले कंगनाको ‘भाग्य’ शिव सेनाले मात्रै नभएर हरेक मानिसले तय गर्ने पनि बताए । यस कुरालाई कंगनाले ज्यान मार्ने धम्कीको रुपमा बुझेको बताइएको छ ।

अभिनेता सुशान्तको निधन भएको डेढ महिना नाघिससकेको छ । मृत्युपछि पनि उनी अहिले समाचारमा छाइरहेका छन् । यस घटनाको सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् ।

अनुसन्धानको क्रममा पछिल्लो समय उनका बारेमा नयाँ खुलासाहरू भइरहेका छन्। यस केसमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस