नायिका बर्षा सिवाकोटीलाई समुन्द्री तटमा प्रेमीसँग रमाइलो गर्ने चाहना

बर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहन्छिन् । उनी बेला बेलामा फ्यानलाई प्रश्न सोध्न लगाएर त्यसको जवाफ पनि फर्काउने गर्छिन् । यसै केहीदिन उनले इन्ष्टाग्राममा फ्यानलाई प्रश्न सोध्न लगाएकी थिइन् ।

एक फ्यानले उनलाई सोधे, तपाई आफ्नो विवाह सामान्य गर्न चाहनुहुन्छ कि भव्य तरिकाले ? जहाँ बर्षाले आफ्नो विवाह भव्य तरिकाले नै हुने बताइन् । यस्तै अर्का फ्यानले उनलाई सोधे, तपाई प्रेमीसँग मुभी हेर्न जान चाहनुहुन्छ कि डेटमा ? जहाँ बर्षाले प्रेमीसँग समुन्द्री तटमा रमाइलो गर्ने आफ्नो ठूलो इच्छा रहेको बताइन् ।

यस्तै बर्षाले जीवनमा अहिलेसम्म जतिपनि काम गरिन्, त्यसबाट आफू सन्तुष्ट नै भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस