पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार हुन्छ (पुरा पढ्नुहोस)

महिला र पुरुष एकै रथका दुई पाग्रा हुन । एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । पुरुष र महिलामा को उत्कृष्ट । समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद पनि सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

महिलाहरुमा भएका यस्ता गुण क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ । म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । म भित्रको विचार व्यवहार धैर्य सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार बालबच्चा कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् । पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन हिं’सा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।

पुरुषविना महिलाले मात्र संसार चल्छ पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन । त्यसैले महिला र पुरुष एकै रथका दुई पाग्रा हुन । एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । ईमेचि डटकम बाट

प्रतिक्रिया दिनुहोस