ज्वाईँलाई ससुरालीको उपहार : आधा मुण्डन र जुत्ताको माला !

एजेन्सी । सामान्यतया ससुराली परिवारले आफ्ना ज्वाईँलाई निकै मान सम्मान दिने गर्दछन् । तर भारतमा भने एक परिवारले आफ्नै ज्वाईँको अपहरण गरेर जुँगा र टाउकोको अर्धमुण्डन गरि जुत्ताको माला लगाइदिएको छ ।

मनवता र पारिवारिक सम्बन्धलाई नै धरापमा पार्ने उक्त घटनाको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ । उक्त घटनाका बारेमा राजस्थानको राजसमंदस्थित आमेट पुलिस थानामा रिपोर्ट दर्ता भएको छ ।

घटनाका विषयमा प्रहरीले जनाएअनुसार १४ मार्चमा दिलिप नाथले आफु अपहरणमा परेको उजुरी गरेका थिए । भएको के यिो भने दिलिप नाथले केहि समय अगाडि पारसी नामकी युवतीसँग सामाजिक परम्पराअनुसार बिहे गरेका थिए ।

तर केहि समयपछि छाडिदिएका थिए । त्यसको केहि समयपछि पारसीलाई फकाएर दिलिपले मार्च ८ देखि उनलाई आफुसँगै राखेका थिए । जब पारसीको परिवारलाई यो कुरा थाहा भयो त्यसपछि उक्त घटना घटेको हो ।

पारसीलाई दिलिपले लगेका थाहा पाएलगत्तै पारसीका परिवार दिलिपको घरमा पुगे । त्यसपछि अर्धमुण्डन र जुत्ताको माला लगाएको दिलिप नाथको भिडियो बाहिर आएको थियो ।

दिलिपको उजुरी लिँदै प्रहरीले उक्त घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रभुनाथ, देवनाथ र भीखनाथ रहेका छन् भने अन्य ५ जना फरार रहेका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस