आमाको माया : हिउँमा बच्चा हुर्काउने गिद्धको संघर्षपूर्ण भाइरल भिडियो ! (भिडियोसहित)

काठमाडौं । एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो भिडियो गिद्धको प्रजनन् क्रियाको हो । भारतको वन विभागमा कार्यरत वरिष्ठ वन अधिकृत प्रवीन कास्वानले मार्च ६ मा आफ्नो ट्वीटर ह्याण्डिलमार्फत सार्वजनिक गरेको भिडियो भारतको हिमाली क्षेत्रको भएको अनुमान गरिएको छ ।

भिडियोमा एउटा गिद्धले आफ्नो प्रजनन् क्रिया सबै हिउँमाथि र हिउँ मुनी गरेको छ । यो भिडियोले जो कोहीलाई भावुक बनाउँछ । आमाले बच्चालाई दिने मायाको एउटा उदाहरणीय नमुनाको रुपमा यो भिडियोलाई लिन सकिन्छ ।

प्रवीन कास्वानले ट्वीटरमा लेखेका छन्, ‘आमा ! उचाईमा रहेको यो क्यामेरालाले केही राम्रो दृश्य कैद गरेको छ । एक आमा अण्डाको हेरचाह गर्छिन् र बच्चाको सुरक्षा तथा पालनपोषण पनि, तर सबै हिउँमाथि वा सबै हिउँ मुनी ।’
(भिडियोसहित)

गिद्धको यो भिडियो अहिले भारतमा मात्र होइन, संसारभर भाइरल बनेको छ । यो भिडियो हेर्ने जो कोही भावुक बन्दै भिडियो शेयर गरिरहेका छन् । धेरैले कमेन्ट गरेका छन् । सामाजिक सञ्जालमा भिडियो शेयर गर्नेहरुले आमाप्रतिको सम्मान भन्दै स्टाटस लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस