जस्तो सुकै प्रलय आएपनि नमर्ने विश्वकै यो अनौठो जीवबारे जान्नुहोस्

एजेन्सी – बिश्वमा नसुनेका र नदेखेका धेरै जीवहरु देखिन्छ । कुनै जीव त निकै अनौठा र खतरनाक पनि हुन्छन् । बिश्वमा यस्तो अनौठो जीव पनि छ जुन कहिल्यै मर्दैन । के तपाईले कहिल्यै सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणुका बारेमा सुन्नु भएको छ । यो अनौठो जीवको आठ वटा खुट्टा हुन्छन् । चिसो र सुख्खा ठाउँमा पनि बाच्न सक्छ । भनिएको छ यो जीव अन्तरीक्षमा पनि बाच्छ ।

शनिबार काठमाडौं उपत्यकामा ४ सय ३१ संक्रमित भेटिएका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभर रहेका प्रयोगशालामा १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ४ सय ३१ सहित देशभर १ हजार १ सय १ जना कोरोना संक्रमित भेटिएका हुन् ।

हाडजोर्नी दुखाईको एउटा अचुक उपाय l
अझै सिक्नुहोस→
उपत्यकामा भेटिएका ४ सय ३१ मध्ये काठमाडौं जिल्लाका ३७७ जना, भक्तपुरका १७ जना र ललितपुरका ३७ जना रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

हिजो शुक्रवार काठमाडौं उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा काठमाडौं जिल्लामा ६२० जना भक्तपुर र ललितपुरमा जिल्लामा ३८-३८ जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस