बाख्राले जन्मायो यस्तो अचम्मको पाठो, मानिस शिव जीको अवतार मान्दै छन् !

भारतको उत्तर प्रदेशको बिजनौर जिल्लाको नुरपुर क्षेत्रको गाउँमा एउटा बाख्राले दुई बच्चाहरूलाई जन्म दियो। जसमा एक बच्चा अचम्मको छ। मानिसहरू त्यो पाठोलाई देखेर छक्क परेका छन्। बाख्राको बच्चाको निधारमा एउटा आँखा तर एउटै आँखामा दुई वटा आँखाको नानी स्पष्ट रूपमा देख्न सकिन्छ।

जानकारीका अनुसार सम्पूर्ण मामला बिजनौरको नुरपुर थाना क्षेत्रको मोहट गाउँसँग सम्बन्धित छ। यहाँ बस्ने मसिया नामको व्यक्तिको बाख्राले २ पाठोलाई जन्म दियो।जसमध्य एउटा पाठो बच्चा एकदम अचम्मको प्रकारको छ। उक्त पाठोलाई हेर्न मानिसको ताँती लागिरहेको छ। त्यस्तै, केहि मानिस यसलाई शिव जीको अवतार भनिरहेका छन्।

अर्कोतर्फ, केहि व्यक्तिहरू विश्वास गर्छन् कि यो प्रकृतिको अनुपम उपहार हो। उक्त बाख्राको पाठोलाई तपाईं राम्रोसँग तस्बीरमा देख्न सकिन्छ। पाठोको निधारमा एउटा ठूलो आँखा देख्न सकिन्छ जसमा दुई नानी छन्।

प्रतिक्रिया दिनुहोस