कुलमान घिसिङलाई नै दोहोर्याउनुपर्छ भन्दै रविले दिए अहिलेसम्मकै कडा अभिब्यक्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कसलाई बनाउने भनेर प्रधानमन्त्री केपी ओली र उनका आसेपासे बाहेक उनकै घरसँग घर जोडीएको छिमेकीलाई सोधेपछि कुलमान भन्ने जवाफ आउँछ ।

तर चाकडीबाद, नातावाद र कृपावादको अन्धभक्त बनेको ओली सरकारले कुलमान घिसिगंको सत्कर्म नदेखेझै गरेर उनलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन आनाकानी गरिरहेका बेला लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई फेरी आग्रह गरेका छन् ।

लोकप्रिय सञ्चारकर्मी लामिछानेले मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै कुलमान घिसिङ को कार्यकालको निरन्तरता हुनुपर्ने र यो आफुको विश्वास मात्र नभई माग पनि रहेको उल्लेख गरेका छन् । सञ्चारकर्मी लामिछानेले भनेका छन् कुलमानलाई सम्बोधन गर्दै अन्धकार देशलाई उज्यालो बनाउने र देशको युग नै बदल्ने सपुतको मात्रै पदको हक लाग्ने बताएका छन् । यस्तो छ रविको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।

तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि “मेरालागि” महा पाप हो।प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु। लेकिन, किन्तु,But, परन्तु, तर… केहि होइन,Just कुलमान घिसिङ

प्रतिक्रिया दिनुहोस