बैशाख २७ गतेबाट मंगल ग्रह कुम्भ राशिमा प्रबेश गर्याे अबको ४५ दिन यी ८ राशिलाई मिल्नेछ सर्वाधिक लाभ

बैशाख २७ गतेबाट मंगलले आफ्नो घर मकरलाई छाडेर कुम्भ राशिमा प्रबेश गर्दै छ । कुम्भ राशीमा मंगल ग्रह प्रवेश गर्दा यी अन्य ८ राशीलाई फाइदा पुग्ने देखिएको छ । ज्योतिष जिवन पौडेलका अनुसार मंगल ग्रह कुम्भ राशिमा ४५ दिनसम्म बस्नेछ ।

हेराैं यो ४५ दिनको समयमा कुन राशिलाई कस्ताे लाभ मिल्छ । मेष राशि : मेष राशिको मालिक नै मंगल ग्रह हो र ११ स्थानमा बस्दा मेष राशि हुनेहरुलाई आर्थिक क्षेत्रमा एकदमै राम्रो हुन्छ । मनग्य रुपमा आम्दानी हुनेछ ।

वृष राशि : कर्मस्थलमा मंगल राशि आएको हुनाले वृष राशि भएकाहरुलाई पनि फाईदा हुनेछ । यो राशि हुनेहरुको कर्ममा पदोन्नतिको योग रहेको छ । सरकारी जागिर पाउने योग छ । गुमेको जागिर पाउने योग रहेको छ । भलै लकडाउनले गर्दा त्यसमा केही असर भने पुग्न सक्छ ।

सिंह राशि : सप्तम स्थानमा मंगलको प्रभाब बन्नेछ । यी राशि हुनेहरुको दाम्पत्य जीवनमा थोरै समस्या आएपनि पार्टनर सँग गरेको कामहरु सफल हुनेछन् । नयाँ काममा सफलता पाउनुहुनेछ । चौतर्फी लाभ हुनेछ ।

तुला राशि: मंगल पञ्चम स्थानमा बस्ने हुनाले सन्तान सुख मिल्नेछ । प्रेम सफल हुनेछ । बुद्धि लगाएर गर्ने कामहरुमा सफल हुनेछन् ।

बृश्चिक राशि : चौथो स्थानमा मंगलको प्रभाव हुने हुनाँले यो राशि हुने व्यक्तिहरुको भाग्य चम्किने छ । घर घडेरी जोड्ने योग छ । मन सन्तोष हुनेछ । चौपाया, तथा गाडीको व्यापार हुनेलाई मनग्य फाईदा पुग्नेछ ।

धनु राशि : तृतिय स्थानमा मंगल भएकोले आर्थिक क्षेत्रमा लाभ हुने देखिएको छ । जग्गा जमिनमा भएको समस्या मिलेर जाने छ । पारिवारिक सम्बन्ध राम्रो हुनेछ ।

मकर राशि : तृतिय स्थानमा मंगल रहेकोले जग्गाबाट फाईदा हुनेछ । बोलीमा थोरै धैर्यता अपनाउनु होला नत्र झै झगडा हुनेछ । तर पुर्खौली सम्पतिको आयआर्जनमा राम्रो हुनेछ ।

कुम्भ राशि : मंगल ग्रह कुम्भ राशिमा प्रवेश गर्ने हुदाँ यो समय अत्यन्तै राम्रो छ । हल्का रिस र क्रोध बढी हुने योग छ । तर गरिएका काम हरुको प्रतिफल राम्रो आउने योग छ । सरकारी जागिरको योग छ । सरकारी जागिरमा भएकाको लागि अत्यन्तै राम्रो समय छ । यी राशि हुने व्यक्तिहरुले अहिले गरिरहेको काम नछाडिकन नितन्तरता दिएमा छिट्टै सफलता पाउने योग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस