एक महिनासम्म ब्राभित्र अण्डा राखेर महिलाले हाँसको चल्ला कोरलिन् [फोटो फिचर सहित]

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले ओथारो बसेर हाँसको चल्ला कोरलेकी छिन् । सुन्दा आश्चर्य लाग्ने यो घटना सत्य हो । घटना पुरानो हो तर यसको जानकारी अहिले प्रकाशित भएको हो । ती महिलाले ३५ दिनसम्म आफ्नो ब्राभित्र २ स्तनको बीचमा अण्डा राखेर हाँसको चल्ला कोरलेकी हुन् । क्यालिफोर्नियाको भिसालियाकी बेट्सी रोस नामकी ती महिलाको समाचार बोर्डपाण्डाले प्रकाशित गरेको छ । खासमा ती महिला केही महिनाअघि घुम्ने क्रममा एउटा पार्कमा पुगेकी थिइन् । त्यहाँ बालबालिकाले खेल्ने क्रममा एउटा हाँसको गुँड भत्काइदिएका थिए ।

यस क्रममा एउटा अण्डा भुइँमा थियो । त्यो अण्डा बाहिरपट्टि थोरै चर्किएको थियो यसबाहेक अन्य कुनै क्षति भएको थिएन । उनका छोराछोरीले उनलाई यो अण्डा बचाउन आग्ह गरे यद्यपि उनलाई अण्डा कसरी कोरल्ने भन्ने थाहा थिएन । उनीसँग चल्ला कोरल्ने मेसिन थिएन । त्यसपछि उनले इन्टरनेटमा यसबारे खोजी गरिन् र प्राप्त जानकारीका आधारमा उनले यसलाई आफ्नो ब्राभित्र दुई स्तनको बीत (क्लिभेज)मा राखिन् । इन्टरनेटमा खोजी गर्दै उनले यो अण्डा खोरल्ने प्रयास थालिन् । अण्डा कोरल्नका लागि उनलाई ३५ दिन लाग्यो ।

३५औँ दिनमा अण्डाबाट हाँसको चल्ला अण्डा फुटाएर बाहिर निस्किन लागेको जस्तो देखियो । त्यसपछि उनले उक्त अण्डालाई छातिबाट निकालेर एउटा खुल्ला बाकसमा राखिन् ताकि अण्डाको खोल फुटाएर चल्ला सजिलैसँग बाहिर निस्कियोस् । तर, चल्ला बाहिर निस्कन सकेन । उनले पशु चिकित्सकलाई फोन गरिन् र उनको सल्लाहबमोजिम अण्डा फुटाएर चल्ला बाहिर निकालिन् । तर, चल्ला निकै कमजोर थियो । उनले चल्लाको स्याहार गरिरहिन् । केही दिनको मेहनतपछि चल्ला स्वस्थ हुँदै गयो । केही समयपछि ब्ट्सीले त्यो चल्ला एउटा वन्यजन्तु उद्धार फर्मलाई दिइन् । अहिले त्यो चल्ला हुर्किएर ठूलो भइसकेको छ ।

तस्वीर:

प्रतिक्रिया दिनुहोस