बिहे भएको डेढ सातामा सुत्केरी भएपछि हंगामा, पिता पत्ता लगाउन डिएनए परीक्षण गरिँदै

एजेन्सी । भारतको मध्यप्रदेश राज्यस्थित रायसेन जिल्लाको मोतिपुरा गाउकी एक महिलाले बिहे गरेको १० दिनमै बेहुली सुत्केरी भएको घटनालेयतिबेला उनका परिवारसँगै आफन्त समेत चकित परेका छन् । बिहे भएर ससुरालीमा गए पछि घरमा नै बच्चा जन्माएकी ति महिलका परिवारले सोधपुछ गरेपछि खुलेको तथ्य अझ चकितलाग्दो छ । नवविवाहित ती महिलाले आफू पटक–पटक बलात्कार भएको बताएकी छन् ।

गाउँकै २२ वर्षीय काशीरामले आफूलाई पटक–पटक बलात्कार गरेको उनले बताएकी हुन् । बदनाम गर्ने डर देखाएर काशीरामले आफूलाई पटक–पटक बलात्कार गरेको जिकिर गर्दै उनले विवाह अघि पतिसँग पनि सम्बन्ध राखेको खुलासा गरेकी छन् । उनको करिब एक वर्षअघि विवाहको छिनोफानो भएको थियो ।

विवाह हुने टुंगो लागिसकेपछि आफूलाई भेट्न पटक–पटक आउँदा हुनेवाला पतिसँगसमेत सम्बन्ध राखेको उनले खुलासा गरेकी छन् । मामला प्रहरीसमक्ष पुगिसकेको र काशीरामविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । पतिका विरुद्ध भने कारवाही हुने हो वा होइन भन्ने खुलाइएको छैन । प्रहरीले ती महिलाबाट जन्मिएको बच्चाको पिता पत्ता लगाउन डिएनए परीक्षण गराउने भएको छ । ति महिला टुहुरी भएको र उनीसँग धेरैले यौन सम्बन्ध राखेकाले बच्चाको बाबु पत्ता लगाउन गाह्रो भएको भारतीय मिडियाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस