९ महिने बालकको उचाल्नै नसकिने तौल भएपछि तनावमा परिवार, चिकित्सकले दिए यसरी शरीर बढ्दै गए ज्यानै जाने चेतावनी

एजेन्सी । मेक्सिकोमा एक ९ महिने बालकको तौल अस्वभाविक रुपमा बढेर अहिले करिब २८ केजी पुगेको छ । जन्मिँदा साढे तीन किलो मात्र तौल भएका बालकको तौल अस्वभाविक रुपमा बढेपछि अहिले बालकको ज्यान नै जोखिममा रहेको चेतावनी चिकित्सकले दिएपछि परिवार समेत तनावमा छ । डाक्टरहरुले वास्तविक कारण पत्ता लगाउन नसकेपनि हर्मोनको असन्तुलनका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् ।

सुरुमा बच्चाको आमा इसाबेल पान्तोजालाई आफ्नो दुध निकै पोषिलो भएको हुँदा बच्चा राम्रोसँग सप्रिँदै गएको भन्ने लागे पनि पछि बालकको शरीर अस्वभाविक रुपमा निकै बढ्न थालेपछि परिवार नै चित्नामा डुबेको छ ।

बच्चाको रोग यहीँ हो भनेर पत्ता नलागे पनि परीक्षणका रुपमा उसलाई हर्मोनल उपचार सुरु गर्ने डाक्टरहरुको योजना छ । तर हर्मोनल उपचारका लागि एक डोजको ५ सय डलर लाग्ने भएका कारण आथिृक अभावका कारण परिवारले उपचार गर्न नसक्न अवस्थामा पुगको अज्न्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस