कोरोना विरुद्धको खोप यसैवर्षको अन्त्यसम्म आउन सक्छ – डब्ल्युएचओ प्रमुख

काठमाडौं, असोज २१ गते । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रस अदनोम गेब्रेससले कोरोना विरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने पूर्बानुमान गर्नुभएको छ । उहाँले खोप उपलब्ध भएपछि सामान पहुँचका लागि विश्वभरिका नेताहरुको ऐक्यबद्धता र राजनीतिक प्रतिबद्धता आवश्यक हुने बताउनुभयो ।

रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख डा. गेब्रेससले संगठनको कार्यकारी परिषद्को बैठकको समापन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “हामीलाई खोप जरुरी छ, र यसैवर्षको अन्त्यसम्ममा खोप आउने आशा गर्न सकिन्छ ।

” हाल नौ वटा खोप परीक्षणको चरणमा रहेका छन् । विश्व स्वास्थ्य संगठनको कोभाक्स ग्लोबल भ्याक्सिन सेवाले सन् २०२१ को अन्त्यसम्म दुई अर्ब खोप वितरण गर्ने लक्ष्य राखेको छ ।
दुई दिनसम्म चलेको परिषद्को बैठकमा जर्मनी, बेलायत र अष्ट्रेलियाबाट राष्ट्र संघीय निकाय स्वास्थ्य संगठनलाई अझै सशक्त बनाउनुपर्ने गुनासो आएको थियो ।

प्रतिक्रिया दिनुहोस