८ वर्षे फुच्चे ब्रुस ली जो दैनिक घण्टौँ अभ्यास गर्छन्, जसका छन् ३ लाख बढी फलोअर

एजेन्सी । आठ वर्षे जापानी बालक युसेई ‘र्‍युजी’ इमाई फुच्चे ‘ब्रुस ली’को नामले पनि चिनिन्छन् । दैनिक साढे चार घण्टा अभ्यास गर्ने उनी मार्सल आर्टसका लिजेन्ड ब्रुस लिको नक्कल गर्छन् । तीन वर्ष अघि चर्चामा आएका उनलाई विश्वकै ठूला मिडियाहरुले पछ्याएका थिए भने समाजिक सञ्जालमा उनका हजारौँ फलोअर थपिएका थिए ।

ब्रुस लीका चर्चित द्वन्द्वका दृश्यलाई नक्कल गर्दै अभ्यास गर्ने उनी द लिटल ब्रुस ली भनेर चिनिएका छन् । उनका पिता अनुसार उनी बिहान ६ बजेर उठेर डेढ घण्टा अभ्यास गर्छन् । त्यसपछि स्कूलबाट फर्केर उनी थप एक घण्टा ब्यायाम गर्छन् ।

त्यसपछि दुई घण्टा किक र ननचाकूको अभ्यास गर्छन् । एक वर्षको उमेरदेखि नै ब्रुस लीका चलचित्र हेर्ने उनी चार वर्षको उमेर पुगेपछि चलचित्रका दृश्य नक्कल गर्न थालेका उनका पिताले भनेका छन् । उनका फेसबुकमा कम्तिमा ३ लाख बढी फलोअर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस