८ सय वर्ष पहिले पनि थियो मोबाइल फोन, उत्खनन गर्दा भेटियो यस्तो प्रमाण

काठमाण्डौ । अस्ट्रियामा गरिएको एक अनुसन्धानले आजभन्दा ८ सय वर्ष पहिले नै मोबाइल फोन अस्तित्वमा रहको प्रमाणित गरेको छ । उत्खननका क्रममा भेटिएको एउटा मुर्तिको हातमा मोबाइल फोन थियो । ८ सय वर्ष पूरानो मुर्तिको हातमा मोबाइल फोन भेटिएसँगै त्यसले निकै ठूलै तरंग उत्पन्न गराएको छ ।

अस्ट्रियाको फोसिल एम सी नामक पूरातात्विक क्षेत्रमा गरिएको उत्खननमा भेटिएको १३ औँ सताब्दीमा बनेको मूर्ति पत्थरको भएको र उक्त मूर्तिको हातमा रहेको मोबाइल पनि पत्थरबाटै बनेको छ । यसमा पनि सबैभन्दा महत्वपूर्ण भनेको मूर्तिको हातमा रहेको मोबाइल फोनको भाषा हो जसका कारण यो मोबाइल फोन पनि ८ सय वर्ष पूरानो रहेको थाहा हुन्छ ।

यसमा लेखिएका अक्षरहरु ५ हजार वर्ष पूरानो मेसोपोटामिया सभ्यता ताका सुरु भएको किल लिपीका छन् । अझ रोचक त के भने यो मूर्तिको हातमा रहेको ढुंगाको मोबाइल फोनको आकार नोकिया कम्पनीको सुरुवाती मोबाइल फोनको जस्तै रहेको छ ।

प्रतिक्रिया दिनुहोस