बिवाहित महिलाले भुलेर पनि लगाउनु हुँदैन यस्तो सिन्दुर, नत्र पतिको हुनसक्छ बेहाल

बिहेपछि हिन्दु समाजमासिन्दुर,पोते र चुराको ठुलो महत्व रहन्छ । यी अन्य मूल्यवान वस्तु भन्दा धेरै किम्ती मानिन्छ, तर तपाइले कहिले सिन्दुरको बारेमा गहिरिहेर सोच्नु भएको छ ? सिन्दुरको धेरै महत्व छ यसको उपयोग विवाहित महिलाहरुको लागि धेरै आवश्यक छ।

विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ । हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ । यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ । शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने ,धन हानी,खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ ।

त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छ

१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन । २.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन । ३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

हिन्दु परम्परामा भएको धेरै मान्यताको पछाडी कुनै न कुनै वैज्ञानिक कारण लुकेको हुन्छ। यस्तै कारण माथामा सिन्दुर लगाउनको पछाडी पनि छ। वस्ताबमा, सिरको बीचमा जुन स्थानमा सिन्दुर भरिन्छ त्यहाँ एक विशेष ग्रंथि पाइन्छ। जसलाई हाम्रो शास्त्रमा ब्रह्मारंध्र भनिएको छ। स्त्रीको शरीरमा यो ठाउँ बहुत अधिक संवेदनशील हुन्छ। यस ठाउँमा सिन्दुर लगाउनाले तनाव कम हुन्छ। दिमागबाट जोडिएको रोगहरु हुनुको सम्भावना कम हुन्छ, किनकि सिन्दुरमा पारा नामको धातु हुन्छ।

यो तथ्य ज्योतिषीय र सामाजिक मान्यताहरु, दुवैमा आधारित छ, तर अन्त्यमा यसको पछाडीको पौराणिक महत्व पनि छ। मान्यताको अनुसार, यदि श्रीमतीको सिउदोको बीचमा सिन्दुर लगाएको छ भने उसको पतिको अकाल मृत्यु हुदैन। मानिन्छ, सिन्दुरले उसको श्रीमानलाई संकटबाट बचाउने गर्छ।

यहाँ कहिले पनि नलगाउनुहोस सिन्दुर : मानिन्छ कि जुन स्त्रीले सिउँदोको बीचमा लाउनुको सट्टा साइडमा लाउने गर्छन उनीहरुको श्रीमानले पनि उनीहरुलाई विस्तारै साइड लगाऊँछन्।

लामो आयुको लागि : जुन महिलाले सिउँदोको बिचमा सिन्दुर लगाउछन् र धेरै लामो पार्छन भने उसको श्रीमानको आयु लामो हुन्छ।

प्रतिक्रिया दिनुहोस