युरिक एसिड बढेर हड्डीमा प्वाल समेत पर्ला समयमा सचेत नभए,यस्ता कुराहरु बाट जोगिनुहोस नत्र उमेर नपुग्दै भइन्छ अपाङ्ग,पुरा पढ्नुहोस

सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।शरीरमा युरिक एसिडको मात्रा बढेमा मांसपेशी सुन्निनुका साथै जोर्नी दुख्ने, औला सुन्निे गर्छ । समयमै यसको लक्षण थाहा पाएर पनि यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ , यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पु¥याउने गर्छ । युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ ।शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई युरिक एसिडको सम्भावना उच्च हुन्छ । त्यस्तै, खानामा प्रोटिनको कमी भएमा पनि युरिक एसिडको समस्या निम्तिन सक्छ ।यसको जोखिम कम गर्न समयमा खाने तथा सन्तुलित आहार खानु पर्छ ।

किन हुन्छ युरिक एसिड ?तनाव, अत्याधिक मात्रामा मदिराको सेवन, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमीले पनि यो समस्या निम्तिने गर्छ । त्यस्तै, रेड मिट, सी फूड, गेडागुडीको सेवन तथा विशेष प्रकारका केही औषधीको सेवनले पनि युरिक एसिडको समस्या निम्तिने गर्छ । त्यसैले, खानामा के खाने, के नखाने भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ । खानामा विशेष सजगता अपनाएर पनि युरिक एसिडको समस्या हुनबाट बच्न सकिन्छ ।
कसरी जोगिने ?खाना पकाउँदा वटर वा भेजिटेबल आयलको सट्टा जैतुन (ओलिभ)को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन । यो मुटुको लागि पनि लाभदायक मानिन्छ ।शरीरमा युरिक एसिडको मात्रालाई कम गनए दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस