कोरोनाको नयाँ लक्षण जिब्रोमा देखियो, यस्ता लक्षण देखिए घरमै बस्न अनुसन्धानकर्ताको सुझाव

गोर्खाली खबर

एजेन्सी – कोरोनामा अर्को नयाँ लक्षण देखापरे पछि अनुसन्धानकर्तालाई फेरी हैरानी थपिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव रोक्न खोप निर्माण नहुँदै फेरी अर्को नयाँ प्रकारको कोरोनाले प्रवेश पाइसकेको छ ।

अहिले कोरोनाको फेरी नयाँ लक्षण देखिएको हो । अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिने नयाँ लक्षण देखिएको हो । जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्।

यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्।

यस्ता लक्षण देखिएकाहरुलाई अनुसन्धानकर्ताले घरमै बस्न सुझाव दिएका हुन् । किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिंदै घरमै बस्न सुझाव दिएका छन्।

उनका अनुसार कोरोनाका बिरामीको जिब्रोमा घाउ र दाग देखिने समस्या बढिरहेको छ। यदि तपाईंमा यस्ता लक्षण देखिएको छ वा टाउको दुख्ने वा थकान महसुस भइरहेको छ भने घरमै बस्नुस् ।

प्रतिक्रिया दिनुहोस