आफूभन्दा ७ वर्ष कान्छा प्रेमी रोहनसँग विवाह बंन्धनमा बाधिँइन चर्चित गायिका नेहा कक्कर

काठमाडौ । बलिउड चर्चित गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाधिएकी छिन् । उनीआफु भन्दा ७ वर्ष कान्छा प्रेमी रोहनप्रितसँग आज विवाह बंन्धनमा बाधिएकी हुन् ।

उनका विवाहका तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् । नेहाले बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित दिल्लीमा विवाह गरेको भारतिय मिडियाले जनाएको छ ।

केहि समय पहिला उनले आफ्नजो प्रेम संम्बन्धबारे संजालमा जानकारी गराएकी थिइन् ।कोरोना कहरको महामारीमा सर्तकता अपनाएर निकै कम आफन्त र शुभचिन्तकका साथ विवाह संम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस