जगदम्बा स्टिल उधोगमा आगलागी,दुईको मृत्यु चारजना घाइते

काठमाडौं । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उधोगमा भीषण आगलागी भएको छ ।
उधोगमा आगलागी हुँदा दुई भारतीय कामदारको मृत्यु भएको छ ।

आगलागीमा परि ४ जना घाईते भएका छन् । फर्निस आयलको ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा उक्त आगलागी भएको हो ।

आगलागीमा परि २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बारा ले जानकारी दिएको छ । हिजो बेलुका सावा सात बजे लागेको आगो भने नियन्त्रणमा आईसकेको छ ।

मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा रहेका छन् । घाईते हुने १ जनाको अवस्था भने गम्भिर छ उनको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस