बाटोमा झोला फेला पार्यो, खोलेर हेर्दा प्रहरी नै चकित!हेर्नुहोस

तपाई के गर्नुहुन्छ जब बाटोमा १२ लाख ३४ हजार रुपैयाँ गड्डी देखा पर्छ । बारामा त्यस्तै भएको छ । उक्त रकम विदेशी विनिमय अपचलन (हुन्डी) कारोबारीले छाडेको हुनसक्ने आशंका गरिएको छ । १२ लाख ३४ हजार बढी रुपैयाँ बारा प्रहरीले ब’रामद गरेको हो ।रकम बोक्दै गरेका व्यक्ति भने प्रहरीलाई देखेपछि झोला फ्याकेर फ’रार भएका छन् । सोमबार बिहान बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ ब’रामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला सडकमा फालेर फ’रार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरको नोट गरी नेपाली रुपैयाँ १२ लाख ३४ हजार ५ सय ९५ फेला परेको हो ।बरामद रकम आवश्यक का’रवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस