भाग्य हुनेको यस्तो हुन्छ: खेत जोत्दाजोत्दै एक किसान करोडपति बने, भेटियो यस्तो खजाना

एजेन्सी। इङल्याण्डका एक किसान खेत जोत्दाजोत्दै केही समयमै करोडपति बनेका छन् । यहाँका एक किसानको खेतमा करोडौंको खजाना भेटिएको छ । यहाँका एक ट्रेजर हन्टरले मेटल डिटेक्टरको सहायताले यति ठूलो खजाना भेट्टाएका हुन् । ३५ वर्षका ट्रेजर हन्टर माइक स्मेलले ब्रिडपोर्टमा एक किसानको खेतमा यति ठूलो खजना खोजी गरेका थिए । यी सिक्काहरु रोमन साम्राज्यका भएको र २ हजार वर्षभन्दा पुराना भएको बताइएको छ । खेतमा करिब ६०० सिक्का भेटिएका छन् ।

यी सिक्काहरु एउटाको मूल्य ९०० पाउण्ड पर्ने बताइएको छ । यी सिक्काहरुको मूल्य निर्धारणको लागि पठाइएको छ । त्यसपछि यी सिक्काहरु संग्रहालयमा बेचिनेछ ।
माइक आफ्ना साथीहरुसँग हिँडिरहेको बेला उनको मेटल डिटेक्टरले नजिकै कुनै धातुका सामान भएको संकेत दिएको थियो । संकेत दिएको ठाउँमा उनले खनेर हेर्दा केही सिक्का भेट्टाए ।

त्यसपछि उनले स्थानीय अधिकारीलाई खबर गरे र तत्काल त्यो ठाउँ सिल गरेर उत्खनन् गरियो । उत्दनन्मा ६०० सिक्का भेटिएका छन् । यी सिक्का बेचेर आएको पैसा आधा माइकको हुनेछ र आधा किसानलाई दिनेछन् ।

प्रतिक्रिया दिनुहोस