यी ‘भीक्षु’ गाडेको २ महिनापछि पनि युसरी मुस्कुराउँदै थिए

एजेन्सी । आफूमा नै हजारौँ किम्बदन्तीहरु समेटिएको धर्म अध्यात्मको मार्ग सधैँ नै रहस्यमयी हुन्छ । जस अन्तर्गत कुनै समयमा आश्चर्यजनक घटनाहरु हुने गर्दछन्, जसले दुनियालाई यस दिशामा सोच्न बाध्य तुल्याउँछ । यस्तै एक घटना यी भिक्षुसँग घट्यो कि तपाईंलाई यसको बारेमा सुन्दा आश्चर्य लाग्नेछ ।

यी भिक्षु कम्बोडियाका हुन् र यिनको नाम ल्वांग फोर पियान हो । उनको मृत्यु १६ नोभेम्बरमा थाईल्याण्डको बैंककमा ९२ वर्षको उमेरमा भएको थियो । मृत्युपछि उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि उनले सेवा गरेको मन्दिरमा लगियो ।

क्रियाकर्मको २ महिनापछि एक बौद्ध परम्पराअनुसार उनको पार्थिव शरीरलाई ताबूतबाट निकालियो जहाँ उनलाई राखिएको थियो । जब उनको पार्थिव शरीरलाई बाहिर निकालियो त्यहाँ भएका उनका अनुयायीहरु हैरानीमा परे ।

कारण, बौद्ध परम्परा अनुसार भिक्षुको शरीरमा नयाँ सफा वस्त्र पहिराउनको लागि निकाल्दा उनको पार्थिव शरीर नष्ट हुन शुरु समेत भएको थिएन । यहाँसम्म कि उनको अनुहारको मुस्कुराहट समेत जस्ताको त्यस्तै थियो ।

त्यसपछि भिक्षुका अनुयायीहरुले उनको पार्थिव शरीरको यात्रा निकाले । यसै मौकामा लिइएका उनका केही तस्वीरहरु सोसल मीडियामा शेयर भएका छन् । स्थानीय समाचार मिडियाका अनुसार उनको मृत्यु भएको ३६ घण्टा भन्दा बढी नभएको बताइएको छ । भिक्षुको यो अवस्थालाई वास्तविक ‘निर्वाण प्राप्ति’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस