दुई सन्तानकी भाउजु लिएर देवर भागे, पक्राउपछि बयान सुन्दा सबै चकित !

काठमाडौ । पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

जुन नेपाली सीमा नजिक छ । यस्ता घटनाले नेपाललाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् ।

उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।

पक्राउपछिको बयानमा भाउजुले बिबाह गरेको केही दिनदेखि नै देवरसँग हरेक गोप्य रुपमा रहेको बताएकी छिन् । श्रीमानसँग आफुलाई खुशी नमिलेपछि देवर रोजेको र देवरलेपनि साथ दिएको उनको बयान छ ।

उनीहरु दुबैले आफुहरुसँगै हुँदा मात्र खुशी मिल्ने भएकाले यो निर्णय लिएको अब कहिलै छुट्टिन नसक्ने बताएका छन् । न्यायिक निकायले के गर्छ उनीहरु त्यसको पर्खाइमा छन् ।

उनीहरुलाई थुनामा भने राखिएको छैन । परिवारको निवेदनका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर परिवारसँग छलफल गराएको छ । प्रहरीले गराएको छलफलमा उनीहरु एकसाथ बस्ने निर्णय सुनाएका छन् । तर केही लेनदेन मिलाउनुपर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस