घरमा ताला लगाएर डाक्टर श्रीमान् भागे, १२ दिन देखि श्रीमती ढोका बाहिर भोकै

गोर्खाली खबर

एजेन्सी । ११ बर्षसम्म, एक डाक्टरले नाबालिग केटीसँग सम्बन्ध राखे । घटना खुलेपछि दबाबमा परेर बिहे गरे। तर जब उनीहरुबीच सम्बन्ध राम्रो भएन युवतीलाई घरबाहिर निकालिदिए । घरमा साँचो लगाएर डाक्टर सम्पर्क विहिन भएका छन् । उनको श्रीमती १२ दिन देखि भोकै घर बाहिर धर्ना दिएर बसेकी छन् ।

यो घटना भारत राजस्थानको धोलपुर जिल्लाको हो। राजस्थानको धौलपुर जिल्लाको बेसेडी थाना क्षेत्रको गाउँमा डाक्टरको यस्तो कालो ब्यवहार सार्वजनिक भएको हो । करीव ११ बर्षदेखि डाक्टरले आफन्तको छोरीसंग सम्बन्ध राख्दै आएका थिए । त्यतीबेला ति युवती नाबालिग थिइन् । कानुनी कारवाही हुने डरले डाक्टरले विवाह त गरे तर उनीहरुको सम्बन्ध राम्रो भएन ।

अहिले डाक्टरले अदालत मार्फत सम्बन्ध विच्छेदको नोटीस समेत पठाएको युवतीले बताएकी छन् । घटनाको बारेमा भारतीय मिडिया आजतकले समाचार बनाएपछि अहिले प्रहरी घटनास्थल पुगेर युवतीको उद्दार गरेको छ । उनलाई घर भित्र प्रवेश गराएको छ । । युवतीको नाम नेहो हो । नेहाले भनिन् कि उनको माइती बिसेडी थाना क्षेत्रको गाउँमा उनको आफन्त छन् । सन् २००६ मा उनी सोही आफन्तको घरमा गएकी थिइन् ।

डाक्टरको नाम उपेन्द्रले हो । उनी उत्तर प्रदेशको आग्रामा एमबीबीएस अध्ययन गरिरहेका थिए । त्यती बेला देखि नै उपेन्द्रले नेहासंग सम्बन्ध राखे । त्यती बेला नेहा नाबालिग थिइन् । धेरै कठिनाई पछि, उपेन्द्रको २० डिसेम्बर २०१७ मा आर्य समाज फरीदाबादमा बिवाह गरे ।

विवाह गरेपछि उपेन्द्रले धोलपुरमा लगेर नेहालाई केही समय राखे । त्यसपछि उपेन्द्र आग्रा गए। अहिले उपेन्द्रले नेहालाई वास्ता गर्दैनन् । उपेन्द्रले अब अदालत मार्फत सम्बन्ध विच्छेदको सूचना पठाएका छन् । यो खबर थाहा पाएपछि उनी उपेन्द्रको घरमा आइन् । उनलाई डाक्टर उपेन्द्र र उनका परिवार मिलेर या त ना दिए । उनलाई घरवाट बाहिर निकालिदिए र आफुहरु सम्पर्क विहिन भए । नेहा सोही घरको ढोकामा १२ दिन देखि भोकै बसिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस