मृतक भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि होस् खुलेपछि…..

सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो मृत्यु । त्यो पनि मानिसको । स्वजनको । अझ सबै भन्दा बढी त आफ्नै ! मृत्यु सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्तब्ध हुदैन् र ? तथापी सान्त्वना दिन अनेक प्रपन्च रच्छ, मान्छे । म त मर्दिन अरु नै कोहि पो मर्छ भन्छ । धन्न, धर्मले आत्मा मर्दैन् र बिज्ञानले मानिस मरेपछी उर्जामा रुपान्तरण हुन्छ भन्छ र राहात महशुस गर्छ, मान्छे। समयले बिस्तारै भुलाउँछ स्वजनको मृत्यु र औषधि गर्छ बाँचेको मानिसलाई । नत्र के हुन्थ्यो होला कठै! हाम्रो हालत ।

यसै क्रममा भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृत घोषणा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जीवित भेटिएका छन्।७३ वर्षीय ती वृद्धलाई आफन्तले मृत्यु भएको भनेर फ्रिजर बक्समा राखेका थिए। बक्समा राखेको २० घण्टापछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्पताल लगिएको छ।

डाक्टरहरुले चमत्कार भएको बताउँदै उपचार सुरु गरेका छन्। उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ। ७३ वर्षीय बालासुव्रमण्य आफ्ना ७० वर्षे भाइसँग बस्थे। सोमबार उनी बेहोस भएका थिए। भाइले भने उनको मृत्यु भएको ठाने र शव राख्ने फ्रिजर बक्स मगाए।

प्रतिक्रिया दिनुहोस