आज कति छ त सुनचाँदीको मूल्य

पालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै सुनचाँदीको मूल्य निर्धारण हुन थालेको छ ।

कात्तिक २८ गतेदेखि रोकिएको सुनचाँदीको मुल्य निर्धारण आज मंसिर ३ गतेबाट सुरु भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९५ हजार १ सय मा र तेजावी सुन ९४ हजार ६ सयमा कारोबार भैरहेको छ ।

कात्तिक २८ गते छापावाल सुन ९५ हजार २ सय र तेजावी सुन ९४ हजार ७ सय मा कारोबार भएको थियो ।

अघिल्लो चोटी निर्धारण भएको सुनको मुल्य आज तोलामा १ सय ले घटेको हो ।

सुनको मुल्य घट्दा चाँदीको मुल्य भने सामान्य रुपले बढेको छ । कात्तिक २८ गते तोलाको १ हजार २२० मा कारोबार भएको चाँदीको मुल्य आज तोलामा १० रुपैंया बढेर १ हजार २३० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस