कोरोनाबाट पनि बच्नु छ, बिहे पनि गर्नु छ! यो जोडिले अपनाएको उपायले बिश्व चकित !

एजेन्सी। कोरोनाले सन्सार हल्लाई दिएको छ । कोरोनाले प्रभाव न पारेको ब्यक्ति त यो सन्सामा सायदै भेटिएला । सामाजिक र आर्थिक जीवन चलायमान बनाउन मानिसहरु उपाय पनि खोजिरहेका छन्।

अहिलेसम्म सन्सारका सबै देशमा कोरोना पुगेको छ । लाखौंको ज्या’न गै सक्यो भने करोडौं यसको च’पेटमा आइसकेका छन् । यो चीनस्थित हुपेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको थियो।

यसबीचमा चीनका एक जोडीले कोरोना नहोस् भनेर दुई मिनेटमै विवाह सम्पन्न गरेका छन् । चीनको पूर्वी क्षेत्र सानदोङका झाङ लङ र चेन साओले दुई मिनेटमै विवाह गरेको सिन्ह्वाले जनाएको छ।

केही समय अघि उक्त विवाह सम्पन्न भएको हो । उक्त विवाहमा मात्र ६ जना उपस्थित थिए । विवाहमा बेहुला र बेहुलीको आमाबुबा र फोटोग्राफर मात्र उपस्थित भएको जनाइएको छ । विवाहमा उपस्थित सबैले विवाहको प्रक्रिया भर मास्क लगाएका थिए।

प्रतिक्रिया दिनुहोस