चर्चित अभिनेत्री एकता कपुरले किन गरिनन् विवाह ? यस्तो प्रश्न गर्नेलाई दिइन् कडा जवाफ (भिडियो हेर्नुस्)

एजेन्सी । बलिउडमा एकछत्र राज गर्ने महिलाको नाम हो एकता कपुर । उनी बलिउडको चर्चित टेलिसिरियल निर्माता हुन् । उनकै कारण सर्यौ कलाकार जन्मिएका छन् । तर उनी अहिले सम्म अविवाहित छन् । ४५ वर्ष पुग्न लागेकी एकतालाई संधै विझाउने एउटा प्रश्न हो । कहिले आफ्नो जिवन ब्यवस्थित (सेटल) गर्छौ ।

उनी भन्छिन्, म यति धेरै कमाउँछु, ब्यवसायीक जिवनमा ब्यस्त छु । यो सेटल भनेको के हो ? मैले संसारमा यति धेरै मानिस देखेकी छु जसले पैसाका लागि विवाह ता डे का छन् ।

मेरो नीजि जिवन देखि मानिसलाई यति धेरै चासो किन छ ? उनी सिंगल मदल (एकल आमा) बन्न चाहन्छिन् । तर उनको यो चाहना प्रति पनि मानिसको प्रश्न देखेर उनी चकित् छन् । उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो ।

र यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ?

किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति ना’जुक तरिकाले हुर्काएको छु भन्ने ?’

बलिउडमा कपुर परिवार निकै चर्चित परिवार हो । एकता मात्र होइन उनका भाई तुषार कपुर पनि अविवाहित छन् । उनी ४१ वर्षका भए । उनी पनि सेरोगेसी मार्फत बच्चाको बाबु बनेका छन् ।

प्रतिक्रिया दिनुहोस