बधाई छ अर्काको घरमा भाडा माझ्ने आमा,छोराले जिते ‘इन्डियन बेस्ट डान्सर’ को ट्रफी ।

एजेन्सी । आफ्नो अभिनयबाट दर्शकको मनमा बसेका टाइगर पप अर्फ अजय सिंहले ‘इन्डियन बेस्ट डान्सर’ को उपाधि जितेका छन् । अजयले ट्रफिको साथमा १५ लाख पैसा र विटारा ब्रीजा कार उपहार स्वरुप जितेका छन् ।

उनले एक अन्तर्वातामा भने–‘गुरुग्रामबाट यही सपना बोकेर म मुम्बई आएको थिएँ । मलाई जसरी पनि यो सो जित्नु थियो । मलाई यो सपना पुरा गर्नको लागि धेरै सघर्ष गर्नु पर्यो । मैले यो सोबाट निकै मिठो अनुभव लिएको छु । सुरुमा मलाई कलेज र स्टेजका मानिसहरुले मात्र प्रसंसा गर्थे अहिले मलाई देशले नै प्रसंसा गर्छन ।

अडिसनको समयमा आमाको सिर झुकेको थियो । जुन दिन मैले निते त्यो दिन पनि आमाको सिर झुकेको थियो । उनी निकै साधारण छिन् । उनी अर्काको घरमा भाडा माझने काम गर्थिन । अब म त्यो काम गर्न दिनन । मैले ट्रफी जितेर घर पुग्दा आमा धेरै रोएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस