विश्वकै १०० प्रेरक तथा प्र’भावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना

काठमाडौं । बेलायती समाचार संस्था ब्रि’टिश ब्रो’डकास्टिङ क’र्पोरेसन (बीबीसी) ले तयार पारेको २०२० का प्र’भावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।बीबीसले मंगलबार सार्वजनिक गरेको विश्वका १०० प्रे’रक तथा प्र’भावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरसहित फिनल्याण्डकी प्रधानमन्त्री साना म’रिन, मलेसियाकी चर्चित अभिनेत्री मि’सेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसवि’रूद्धको भ्या’क्सिनको ने’तृत्व गरेकी सारा गि’ल्बर्ट लगायत छन् ।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगरले पछिल्लो समय बे’वारिसे परेका श’व ज’लाउने काम गर्छिन्। बीबीसीले अ’प्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखेको जनाएको छ ।बीबीसीले भनेको छ। “यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन्। १०० महिलाको सूचीमा एक नाम श्र’द्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छो’डिएको छ,” ।तीन दर्जन भन्दा बढी बे’वारिसे श’व ज’लाइसकेकी सपनाले कोरोना म’हामारीबीच लकडाउनका बेला निःशुल्क खानासमेत खुवाउँदै आएकी छन् ।

बे’वारिसे व्यवस्थापन तथा पु’नर्जीवन केन्द्रको अध्यक्ष विनयजंग बस्नेतसँगै उनी उक्त काम गरिरहेकी छिन् । सपना पछिल्लो समय देशका विभिन्न स्थानहरुमा गएर बे’वारिसे श’व व्यवस्थापनका लागि सामाजिक चे’तनामुलक कार्यक्रमहरुमा पनि स’हभागि ज’नाउँदै आईरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस