फिट केकीको ‘हट’ रूप (फोटो फिचर) सहित।।

काठमाडौं – म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारी सधै चर्चामा रहिरहन्छिन् । उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ दशैँमा प्रदर्शन हुँदैछ । यो फिल्ममा उनलाई दीपकराज गिरीको अपोजिटमा देखिनेछ ।

केकीले आफ्नो स्वास्थ्यको पनि खुबै ख्याल गर्छिन् । केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न उनी जिम जाने गरेकी छिन् । उनी जुम्बा र योग गर्ने गरेको बताउँछिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने केकी सामाजिक विषयमा पनि खुबै चासो राख्ने गर्छिन् । अरु नायिकाहरु मौन रहेका बेला उनले शिल्पा पोखरेललाई समर्थन गर्दै स्टाटस लेखेकी थिइन् । शिल्पा र निर्माता छविराज ओझाबीच झगडा भएको थियो । शिल्पाले आफू घरेलु हिंसामा परेको बताउँदै आएकी छिन् ।

शूटिङ नहुँदा आफ्नो निरन्तर जिम जाने केकीले खानामा पनि उत्तिकै ख्याल गर्ने गर्छिन् । जिम गर्दै गरेका केही तस्वीर यहाँ प्रस्तुत छन्, यी तस्वीरलाई फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् ।


प्रतिक्रिया दिनुहोस