१७ वर्षीया किशोरीको ६ फिट ३ इन्ज लामो कपाल, तोडिन आफ्नै रेकर्ड

छ फिट ३ इन्च भएकी भारत गुजरातकी १७ वर्षीया नीलान्सी पटेलले गिनिज वर्ल्ड रेकर्डमा आफ्नै रेकर्ड तोडेकी छन्।

एजेन्सीका अनुसार, पटेलले ११ वर्षदेखि कपाल काटेकी छैनन्। ६ वर्षको उमेरमा उनले आफ्नो कपाल नकाट्ने निर्णय लिएकी थिइन्।

गुजरात मोडासाको सायरामा बस्ने उनी १२ कक्षामा पढ्छिन्। उनले सुरुमा अर्जेन्टिनी किशोरीको ५ फिट ७ इन्च कपालको रेकर्ड तोडेकी थिइन्।

उनले हप्तामा एकपटक कपाल धुन्छिन्। र, कपाल सुकाउन घाम ताप्छिन्। कपाल स्यहार गर्न उनलाई आमाले सहयोग गर्छिन्।

पछिल्लो दिन उनले आफूलाई सेलिब्रेटीको रुपमा देखिन थालेको बताइन्। बाहिर निस्किदा मानिसहरु सेल्फी खिच्दा खुसी महसुस हुने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस