फोहोर सम्झिएर २० लाख रुपैयाँ डस्टबिनमा फालेपछि…

फोहोरै फोहोरको डस्बिन २० लाख रुपैयाँ भेटियो भन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । तर घटना सत्य हो । घटना चिनको हो । चीनका एक व्यक्तिले पैसालाई फोहोर सम्झिएर फोहोरको डस्बिनमा फ्याँकेका छन् ।

लियाओनिङमा वाङ नामक गरेका ति व्यक्ति दुई वटा थैला बोकेर घरबाट निस्किएका थिए । उनले बोकेको एउटा बोरामा फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले फोहोरको ठाउँमा पैसाको थैलो डस्टबिनमा फालिदिएकाछन् ।बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी हतारमा फोहोरको भाँडो भएको स्थानमा आए ।

तर त्यो बेलासम्म पैसा हराइसकेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।प्रहरीले फोहोरको भाँडो नजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन । अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज गर्यो ।सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् र उनले प्रहरीलाई थैली बुझाइन् । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस