कोरोना अपडेटः आज १२ सय १७ संक्रमित, १ हजार ४६ डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं मंसीर २५ । नेपालमा आज १२ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार २३२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै गरी आज १ हजार ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। हाल सम्म डिस्चार्ज हुनेको संंख्या संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।

यस्तै २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ६३पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २०९ जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस