दिउँसोदेखि नै अवरुद्ध बनेको मेसेन्जर केहीबेर अघिबाट चल्न थालेको हो ।

काठमाडौं– विहीबार दिउँसोबाट फेसबुक मेसेन्जरमा देखिएको समस्या समाधान भएको छ । दिउँसोदेखि नै अवरुद्ध बनेको मेसेन्जर केहीबेर अघिबाट चल्न थालेको हो ।

दिउँसो मेसेन्जरको सेवा अवरुद्ध हुँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका थिए । उनीहरुले मेसेन्जरको च्याट एपमा समस्याको सामना गरेका थिए ।

अनलाइन सेवामा आधारित सर्भर ट्रयाक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन नसकेको जनाएको थियो ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको थियो ।

डाउन डिटेक्टरको म्यापमा म्यासेञ्जर डाउनको समस्या नेपाल लगायत बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको थियो ।

म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस