सुन्दरी गायिका तथा अभिनेत्री सेलेना गोमेज कसलाई डेट गर्दैछिन् ?

चर्चित अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेजका लागि सन् २०२० विशेष बन्यो। हालै रिलिज नयाँ एल्बम ‘रेअ’ को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्यूटी’ सार्वजनिक गरेकी छिन्।

अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटन अनुसार, सेलेनाले लकडाउनको अविधिमा एचबिओ च्यालनमा आफ्नै कुकिङ सो पनि सुरु गरिसकेकी छिन्। संगीत र अरु सौखबाहेक यो वर्ष उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको चर्चा भइरहेको छ।

पछिल्लो समय यी गायिकाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ। सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन्। करिब दुई वर्ष कोहीसँग सम्बन्ध नरहेर उनले केवल आफू र आफ्नो काममा केन्द्रित थिइन्।

सेलेना फेरि आफ्नो प्रेम जीवनलाई अघि बढाउने सुरसारमा देखिन्छिन्। सेलेना र जिम्मी एकआपससँग समय बिताइरहेका छन्। उनीहरु डेट गरिरहेको हुनसक्ने अनुमान गर्ने आधार उनीहरुको नियमित भेटले दिएको छ।

सेलेनाले आफू सम्बन्ध भएको वा नभएकोबारे केही बोलेकी छैनन्। अझै पनि उनले आफूलाई ‘सिंगल’ बताउँदै आएकी छिन्।
सन् २०१७ मा भएको किड्नी ट्रान्सप्लान्टपछि सेलेनाको स्वास्थ्य अवस्था कमजोर भएको थियो। त्यसयता उनी आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई बढी ध्यान दिइरहेकी थिइन्।

लकडाउनमा पनि उनले आफ्नो परिवार र नजिकका साथीभाइलाई मात्र समय दिएको कस्मोपोलिटनले उल्लेख गरेको छ। बिस्तारै बाहिरी व्यक्तिसँग नजिकिने कोसिसमा छिन्। र, उनका फ्यानहरु यी दुई जोडीको भविष्यबारे उत्साहित छन्।

प्रतिक्रिया दिनुहोस