नितम्ब आकर्षक बनाउन शल्यक्रिया गर्दा मोडलको मृत्यु

एजेन्सी, ५ पुष । अहिलेको विज्ञान र प्रविधिको युगमा मानिसले शल्यक्रियामार्फत आफ्ना कतिपय अंग आकर्षक बनाउन सक्छन् ।

तर प्लास्टिक सर्जरीमार्फत आफ्नो नितम्ब आकर्षक बनाउने क्रममा मेक्सिकोमा दुर्घटना भएको छ । आफ्नो नितम्ब सुन्दर पार्न भन्दै शल्यक्रिया गराउने क्रममा मेक्सिकोकी एक मोडलको मृत्यु भएको हो ।

क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोलको नितम्ब प्लास्टिक सर्जरी हुँदाहुँदै स्थिति खराब भएर उनको मृत्यु भएको डेलि मेलले जनाएकाे छ । उनी स्विमसुट डिजाइनरसमेत थिइन् । इन्स्टाग्राममा क्यानोका झन्डै १३ मिलियन फलोअर्स थिए ।

क्यालिफोर्नियास्थित घरबाट उनी प्लास्टिक सर्जरी गराउन कोलम्बिया गएकी थिइन् । ‘बट लिफ्ट’ भनिने शल्यक्रिया गरेर पेटकाे बोसो निकालेर नितम्बमा राख्ने क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस