श्रीमतिको चाहना पूरा गर्न नसकेपछि साथी बोलाए, तर साथी दिनदिनै घर आउन थालेपछि भयो यस्तो घटना

एजेन्सी । आफ्नी श्रीमतीको चाहनाले आजित भएका एक युवकले श्रीमतीलाई नै सधैंका लागि यो सन्सारबाट बिदा गरिदिएका छन् । श्रीमतिले जति बेला पनि चाहना राख्ने तर आफूले पूरा गर्न नसकेपछि ती युवाले श्रीमतिकै जीवन अन्त्य गरिदिएका हुन् ।

टाइम्स अफ इण्डियामा छापिएको एक समाचार अनुसार, भारतको छत्तीसगढको विलासपुरका ३० वर्षका ती सञ्जय रजक नामका ती युवकले २६ बर्षकी श्रीमती निर्मलालाई यस्तो गरेका हुन् । उनी आफै प्रहरी कार्यालय पनि पुगेका थिए ।

ती युवककी श्रीमतीमा नि’म्फोमे’नि’या भन्ने रोग भएको बताइएको छ । यो स्वास्थ्य समस्या भएकालाई जतिबेला पनि इच्छा हुन्छ । प्रहरीका अनुसार यस्तो रोग भएकी पत्नीका कारण यस्तो घटना घटेको भारतमै पहिलो हो ।

ती युवकका अनुसार उनको २०११ मा बिहे भएको हो । उनीहरुको एक ५ वर्षका छोरा पनि छन् । घटना हुँदा छोरा पनि घरमै थिए । उनले शव घर भित्रै भान्छामा ब्यवस्थापन गरेका थिए ।

उनले पत्नीको इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई पनि बोलाइदिए । यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जतिबेला पनि रमाउन थालिन् । श्रीमतीले उनका साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो ।

घटनाको दिन पनि श्रीमतीले कुनै साथी बोलाएकी थिइन् । यही कारण पतिपत्नीबीच विवाद भयो ।

प्रतिक्रिया दिनुहोस