उनको अन्तिम इच्छाअनुसार कारमै राखेर अन्त्येष्टि गरियो

एजेन्सी । मानिको अन्तिम इच्छा पनि अनौठा हुन्छन् । कतिपय कुराले हामीलाई अचम्म बनाउँछ । दक्षिण अफ्रिकामा एक व्यक्तिले त्यस्तै अन्तिम इच्छा राखेका थिए । उनी कारका निकै शौखिन थिए । अफ्रिकाका स्थानिय नेता समेत रहेका यि ब्यक्तिलाई उनको अन्तिम इच्छा अनुसार निधन पछि कारमै राखेर अन्त्येष्टि गरिएको छ।

स्थानीय नेता सेकेडी पिट्सोले दुईवर्ष अगाडि नै आफ्नो निधन भए मर्सेडिज बेन्ज कारमा राखेर अन्त्येष्टि गर्नु भनेर अनुरोध गरेका थिए। उनको सोही इच्छा उनको परिवारले पुरा गरिदिएका हुन् । अन्तिम इच्छाअनुसार नै पिट्सोलाई कारमा राखेर गा डि एको पिट्सोका भान्जी सेफोरा पिट्सोले जानकारी दिइन्।

७२ वर्षको उमेरमा गत महिना उनको निधन भए पछि उनको इच्छा पुरा गरिएको हो। इन्टर्न केपस्थित जोजानसुक स्टर्कप्रुट गाउँमा पिट्सोलाई कारभित्र अन्त्येष्टि गरिएको थियो। पिट्सो मर्सिडिज बेन्ज कार खुबै मन पराउँथे। जुन कारमा राखेर उनको अन्त्येष्टि गरिएको थियो त्यो कार उनैले किनेका थिए। एजेन्सी

अमेरिकन आइडलको टप २० बाट अघि बढ्न भोट अपिल गर्दै दिवेश
काठमाडौं । ‘आर्थर ग न’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल टप २० बाट अघि बढ्न प्रयत्न गरिरहेका छन् ।

उत्कृष्ट २० मा छानिसकेका पोखरेलका लागि अब अघि बढ्न भोट आवस्यक पर्छ । यसका लागि उनले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गरेका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै सबैसँग नेपाली भाषामा पनि भोट मागेका हुन् ।

अहिलेसम्म साथ दिएकोमा पनि धेरैलाई उनले धन्यवाद दिएका छन् । पोखरेलले भनेका छन्, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरुको भोटको आवस्यकता छ ।

तपाईँले टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सक्नुहुन्छ । एकजनाले ३० पटक भोट गर्न मिल्छ । यो नबिर्सिनुहोला । धेरै धन्यवाद ।’ पोखरेलले उक्त भिडिओमै अंग्रेजीमा पनि भोट अपिल गरेका छन् । अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो र एक्लो नेपाली गायक हुन् ।

उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए । ती गीतमा पनि उनले आफूलाई ‘आर्थर गन’को रुपमा नै चिनाएका थिए ।

पोखरेल काठमाडौंमा हुर्किएर उच्च शिक्षाका लागि अमेरिकामा परिवारका साथ बस्दैआएका छन् । यस बीचमा अमेरिकन आइडलका जज र अन्य प्रभावशाली संगीतप्रेमीले उनको गायनको निकै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस