काठमाण्डू उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा कोभिडविरुद्ध चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ गतेबाट वितरण गर्न सुरु भएको छ।ललितपुर र भक्तपुर जिल्लामा जेठ ६ गतेबाट भेरो सेलको दोस्रो मात्रा लगाउने सार्वजनिक सूचना जारी भएको छ।
चीन सरकारबाट अनुदानमा प्राप्त भेरो सेलको पहिलो मात्रा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाइएको थियो।खोपको पहिलो मात्रा लगाइसकेको भए पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका कतिपय व्यक्तिमा दोस्रो मात्रालाई लिएर अन्योल देखिएको छ।
त्यस्ता कतिपय व्यक्तिले खोपको दोस्रो मात्रा आफूहरूले कहिले लगाउन मिल्छ भन्ने जिज्ञासा सामाजिक सञ्जालमा पनि राख्ने गरेका छन्।यसै विषयमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सङ्क्रामक रोगसम्बन्धी दुईजना विशेषज्ञ चिकित्सकसँग कुराकानी गरेका छन्।
प्राध्यापक डा. बुद्ध बस्न्यात, सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ताखोपको पहिलो मात्रा लगाए पनि सङ्क्रमित भएको अवस्थामा दोस्रो मात्रा कहिले लगाउन सकिन्छ?सङ्क्रमण भएर निको भएको दुई हप्तापछि कोभिड खोपको दोस्रो मात्रा लगाउन सकिन्छ।
खोपको पहिलो वा दुवै मात्रा लगाइसकेका मानिस पनि किन सङ्क्रमित भइरहेका छन्?खोपको शतप्रतिशत प्रभावकारिता भनिएकै छैन। तर महत्त्वपूर्ण कुरा के हो भने खोप लगाइसकेकाहरू सङ्क्रमित हुने गरे पनि उनीहरूमा जटिल समस्या देखिएको छैन।
पहिलो मात्रा मात्र लगाएका हकमा पनि सङ्क्रमित भएपछि भेन्टिलेटर नचाहिने अथवा सङ्क्रमणले गम्भीर रूप नलिएको पाइएको छ।खोप लगाएको सामान्यतया दुई हप्तापछि कोरोनाभाइरससँग लड्ने सिपाहीहरू अर्थात् एन्टिबडी बन्न थाल्छन्। दोस्रो बूस्टर लगाएपछि लगभग त्यस्तै हुने हो।